सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

३ महिना अघि

२0८१ जेष्ठ २0 आईतवार

सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

 सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । हिजो बेलुका कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमास १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुशिल राम रहेका छन् । घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।