चार एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

४ महिना अघि

२0८१ जेष्ठ ५ शनिबार

चार एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस


नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लाई प्रहरी नायब महानिरीक्षक डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । डीआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी छन् ।