कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण

४ महिना अघि

२0८१ बैशाख २९ शनिबार

कृषिमा यान्त्रिकरण गर्न  अनुदानमा कृषि औजार वितरण

कमल तामाङ


जोन क्षेत्रमा यान्त्रिकरण सहयोग कार्यक्रम अन्तरगत दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंमा कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई दार्चुला अन्तरगत प्राविधिक जोन ईकाइ बैतडीमा शनिबार कृषि उपकरणहरु वितरण गरिएको हो ।चालु आर्थिक बर्षको नियमित कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा कृषक समुहहरुलाई मिनि टिलर (हाते टेक्टर) वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाइ दार्चुलाका कार्यालय प्रमुख कमल तामाङले बताउनु भयो । 
मकै जोन सञ्चालक समिति संयोजक धर्मानन्द पाण्डेयको अध्यक्षता तथा दशरथचन्द नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि कृषि औजार वितरण गरिएका हुन् । शनिबार १० थान मिनि टिलर वितरण गरिएका छन् भने बाँकी औजारहरु प्राविधिक जोन ईकाइ बैतडिबाट कृषक र कृषक समूहहरुमा वितरण गरिने छन् ।
आयोजना अन्तरगत २०७५ साल देखि दार्चुला जिल्लाको नौ वटै पालिका र बैतडी जिल्लाको ५ वटा पालिकामा स्याउ ओखर, सुन्तला फलफुल, मकै उत्पादन र तरकारी उत्पादनमा जोन विकास कार्यक्रम सञ्चालनमा रहेको परियोजनाका प्रमुख कमल तामाङले जानकारी दिनुभयो ।