पश्चिम नवलपरासीमा चट्याङले एक जनाको मृत्यु

४ महिना अघि

२0८१ बैशाख २६ बुधबार

पश्चिम नवलपरासीमा चट्याङले एक जनाको मृत्यु


पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका(५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो ।