इन्ड्राभको सेवा नेपालमा आधिकारिक रुपमा शुरु

४ महिना अघि

२0८१ बैशाख २४ सोमबार

इन्ड्राभको सेवा नेपालमा आधिकारिक रुपमा शुरु


ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटपmर्म इन्ड्राइभले नेपालमा औपचारि रुपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राभले न्युनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ । पिपुल टु पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रुपमा शवारीको भाडा बार्गेन गर्न सकिने अद्धितीय सुविधा प्रदान गर्दछ । इन्ड्राइभको एसिया प्यासिपिmक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भन्नु भयो “ एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिदै १ अर्बभन्दा बढी मानिसहरुको लागी विश्वमा राम्रो ठाउँ बनउनु हो । ” त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेदलले भन्नुभयो,  “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवतले यहाँको राइड हेलिङ उद्मोगमा नयाँ अध्यायको शुरुवात गरेको छ । काठमाण्डौँमा इन्ड्राइभका सेवाहरु ट्याक्सी, मोटरसाइकल, डेलिभरी सिटी टु सिटी राइड
मुख्य विशेषताहरु
आफ्नै भाडा प्रस्ताव गर्न सकिने
चालक छनोट गर्न सकिने
आफ्नो रोजाइमा सुरक्षित हुन सकिने
सुरक्षा अपडेट
सवारीको समयमा एपमा लाइभ राइड विवरण शेयर गर्न मिल्ने