ट्र्याक्टर दुर्घटनामा परी  दुई जनाको ज्यान गयो, दुई जना घाइते

४ महिना अघि

२0८१ बैशाख २३ आईतवार

ट्र्याक्टर दुर्घटनामा परी  दुई जनाको ज्यान गयो, दुई जना घाइते


 डडेलधुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बाग्मती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुसुम नायकका अनुसार घाइते चार जनामध्ये चालक थापामगर र अर्का विकको उपचारका क्रममा डडेलधुरा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका बेनीघाट रोराङका ३१ वर्षीय सुदीप बिक र डडेलधुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत बिकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।