सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए गठबन्धनको बैठक

४ महिना अघि

२0८१ बैशाख १८ मंगलवार

सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए गठबन्धनको बैठक


 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । ६ वैशाखमा एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सरकार विस्तार र विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले बोलाएको बैठकमा विश्वासको मत र सरकार विस्तारका बारेमा छलफल हुने बताए । स्रोतकाअनुसार मुख्यमन्त्री सोडारीले मंगलबार नै सरकार विस्तारको तयारी गरेका छन् ।  बिहीबार वा शुक्रबार भित्र विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी छ । एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेश सभा सदस्यको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोडारीले नागरिक उन्मुक्ति पार्टीका ७ जनाको समर्थन देखाए पनि अहिलेसम्म अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई जना मात्र उनको पक्षमा उभिएका छन् भने संरक्षक रेशम चौधरी पक्षका ५ जना विपक्षमा छन् । सोडारी समेतका बहुमत सांसदले आफूलाई समर्थन गरेका कारण आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनको माग छ ।