बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्री असन्तुष्ट

४ महिना अघि

२0८१ बैशाख १३ बिहीबार

बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्री असन्तुष्ट

 

राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठक होटलमा राखेकोमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । बिहीबार आयोगले १६औं योजनाको मस्यौदामाथि छलफल गर्न राजधानीको एक होटलमा बैठक राखेको थियो । बैठकलाई सम्बोधन गर्ने क्रममा होटलमा कार्यक्रम आयोजना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् । 
बैठकमा सामूहिक छलफलको समेत कार्यक्रम राखिएका कारण स्थान अपुग हुने भएर होटलमा कार्यक्रम राखिएको जवाफ उपाध्यक्षले दिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।