अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल युक्रेनले प्रयोग गर्न थाल्यो

४ महिना अघि

२0८१ बैशाख १३ बिहीबार

अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल युक्रेनले प्रयोग गर्न थाल्यो


अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन पुग्न थालेपछि रुसी सुरक्षा बलको सामना गर्न  गोप्य रूपमा प्रयोगमा आएका बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले युक्रेनलाई फेरि ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरि सक्नु भएको छ । युक्रेनलाई अमेरिकाले थप हतियार सहयोग गर्ने योजना बनाइरहेको छ ।