टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा

४ महिना अघि

२0८१ बैशाख १३ बिहीबार

टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा

वेस्ट इन्डिज ’ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीवार रोहित पौडेलेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन् ।
नेपाल र वेस्टइन्डिज ’ए’ बीचको पहिलो खेल पर्सि शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ