विद्यार्थी भर्नादर उत्सहजनक, पठन पाठन शुरु

४ महिना अघि

२0८१ बैशाख १२ बुधबार

विद्यार्थी भर्नादर  उत्सहजनक, पठन पाठन शुरु

फाइल फाेटाे


दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका सबै विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान उत्सहजनक रुपमा सञ्चालन भइरहेको जिल्ला शिक्षा समन्वय इकाइ दार्चुलाले जनाएको छ । जिल्ला भरीको एकीन तथ्याङ्क आउन बाँकी रहेको र हालसम्मको तथ्याङ्क अनुसार जिल्ला भरी ९५ प्रतिशत विद्यार्थी विद्यलयमा भर्ना भई सकेका जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
केही विद्यार्थी बाहेक सबै  विद्यालयमा विद्यार्थी भर्ना भइ सकेको र बुधबारबाट निरन्तर पठन पाठन समेत भईसकेको छ । वैशाख १५ गते सम्म विद्यार्थी भर्ना अभियान चल्ने र त्यसपछि घरदैलो अभियान सञ्चालन हुनेछ । यसबर्ष शैक्षिक शत्रको शुरुमै पाठ्यपुस्तक सबै स्थानीय तहमा पुगीसेकेको छ ।
विगतमा केही विद्यालयहरुले विभिन्न किसिमको शुःल्क लिने गरेकोमा यस आर्थिक बर्षबाट विद्यालयहरुमा कुनै किसिमको शुल्क नलिएको पनि शिक्षा समन्वय ईकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।