अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटिको आठौँ सम्मेलन

४ महिना अघि

२0८१ बैशाख १२ बुधबार

अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटिको आठौँ सम्मेलन

नरेन्द्र जाेशी


नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले दार्चुला बहुमुखी क्याम्पस खलंगामा क्याम्पस कमिटिको आठ औँ सम्मेलन गरेको छ । अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटि अध्यक्ष  पदमराज जोशीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सचिव उमेशराज जोशी प्रमुख अतिथी रहेका थिए । सम्मेलनले दिपु सिह महताको अध्यक्षतामा ४१ सदस्यसीय क्याम्पस कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा रविन्द्र राज जोशी, सचिव ममिता ठगुन्ना, उप सचिव रितु बम र भूपेश रैखोला, कोषाध्यक्षमा हरिदत्त जोशी चयन भएका छन् । त्यस्तै शैक्षिक विभाग प्रमुखमा लक्ष्मी भट्ट चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र राज जोशीले जानकारी दिनुभयो ।