तीन बर्षदेखि काम गरेको ज्याला नपाए पछि पुल बन्द गरियो 

४ महिना अघि

२0८१ बैशाख १२ बुधबार

तीन बर्षदेखि काम गरेको ज्याला नपाए पछि पुल बन्द गरियो 

नौगाड गाउँपालिका वडा नम्बर ६ धुलीगडा खोलामा मोटरेबल पुल निर्माण गरेको ज्याला नपाए पछि कामदारहरुले बुधबार विहानै देखि पुल बन्द गरेका छन् । आर्थिक बर्ष २०७४÷७५ सालमा पूर्वाधार विकास कार्यालय बैतडीबाट ठेक्का सम्झौता भई जस्लीङ निर्माण सेवा कम्पनी बैतडीले पुल निर्माण कार्यमा काम गर्ने मजदुरहरुको ज्याला हालसम्म पनि नदिएपछि सबै कामदारहरु मिलेर पुल बन्द गरेको स्थानीय भक्त ठगुन्नाले बताउनु भयो ।
६०÷६५ जना कामदारको झण्डै २६÷२७ लाख रुपैँया हिसाब दिन बाँकी रहेको छ । निर्माण कम्पनीको तर्फबाट साइड हेर्ने नौगाडकै स्थानीय जयभान ठगुन्नाले रिण निकालेर सामानको पैशा तिरेको र कामदारको पैशा दिन नसकेको बताउनु भयो । निर्माण कम्पनीका ठेकेदार शंकर कपाडीका अनुसार पुल निर्माणको सम्झौता पछि कोभिड १९ का कारण निर्माण सामाग्री ल्याउन समस्या भएको र पुल निर्माण पछि पनि पुलमा समस्या देखिएर पुर्न निर्माण गर्दा काममा घाँटा रहेको बताउनु भयो । ३ करोड लागत स्टमेट रहेको पुलको लागत बढेर चार करोड पुग्दा घाँटा भएको र जग्गा बेचर केही हिसाव तिरेको तथा बाँकी पैशा पुर्वाधार कार्यालय बैतडीमा रहेको धरौटी रकम निकाले पछि कामदारको पैशा तिर्ने बताउनु भयो । विहानै देखि पुल बन्द हुँदा नौडागमा यातायात सेवा अवरुद्ध भएको छ ।