राष्ट्रपति ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

५ बर्ष अघि

२0७५ कार्तिक २२ बिहीबार

राष्ट्रपति ट्रम्पद्धारा महान्यायाधिवक्ता बर्खास्त

दृष्टिकोण समाचार कात्तिक, २२ दार्चुला । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेन्शसलाई बर्खास्त गरेका छन् । उनले यसको जानकारी ट्वीटरमार्फत दिएका छन् ।सेन्शसलाई हटाएर ट्रम्पले आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिएका छन् ।यसअघि सेन्शसले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए ।ट्रम्पले ट्वीटरमार्फत् जेफ सेन्शसलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् ।सेन्शसले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।सेन्शसले गत वर्ष अमेरिकी चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धानको लागि आफै पदबाट अलग भएको घोषणा गरेका थिए ।