नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएयो

५ महिना अघि

२0८१ बैशाख ५ बुधबार

नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएयो

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो। ८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो। नेपाली टोली लिग चरणमा सबै खेल जित्दै आठ अङ्कसहित समूह ‘ए’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। नेपालसँग पराजित भएपछि साउदी अरेबिया भने समूहगत चरणबाट बाहिरीएको छ। समूह ‘ए’ बाट हङ्कङ दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो। बुधवार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको थियो।