रामनवमी मनाइँदै

५ महिना अघि

२0८१ बैशाख ५ बुधबार

रामनवमी मनाइँदै

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले भगवान रामको पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन्। काठमाडौँ उपत्यकाको  बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको लागेको छ। आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ। उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन्।

आज वैदिक सनातन धर्मावलम्बीहरूले स्नान गरी ब्रत बसेर रामगीता र रामायण पाठ पनि गर्छन्। रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ