सिमानाका ३ दिनसम्मका लागि बन्द हुने

५ महिना अघि

२0८१ बैशाख ४ मंगलवार

सिमानाका ३ दिनसम्मका लागि बन्द हुने

भारतसंग सिमा जोडिएका दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लाका सिमानाका बैशाख ४ गते आज बेलुकी ६ बजे देखि बैशाख ७ गते सम्म बन्द गरिने भएको छ । छिमेकी राष्ट्र भारतको निर्वाचन आयोगको निर्धारित कार्यक्रम अनुसार उत्तराखण्ड राज्यमा लोक सभा निर्वाचन २०२४ लाई मध्यनजर गदैँ सिमानाका ३ दिनसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बैशाख ४ गते बेलुकी ६ बजेदेखी बैशाख ७ गते मतदान प्रक्रिया सम्पन्न नहुदाँ सम्मका लागि सिमानाकाहरु बन्द हुने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो । दार्चुलामा भारतसँग सिमा जोडिएका लाली, बाकु, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिग्रम, बडूगाउँ, मलघट्टे र सितापुल नाका अत्यावश्कय काम बाहेक तीन दिन बन्द हुनेछन् ।