वडा नम्बर एक, जहाँपुग्न नेपालमा बाटोघाँटो छैन

५ महिना अघि

२0८१ बैशाख २ आईतवार

वडा नम्बर एक, जहाँपुग्न नेपालमा बाटोघाँटो छैन

नेपालको संविधान २०७२ जारी भएपछि नेपाल लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थामा राज्य व्यवस्था सञ्चालन भईरहेको छ । राज्य पुर्नसंरचना अनुसार तीन तहको सरकार मध्ये जनताले सरकारको प्रत्यक्ष अनुभूति गर्ने संरचना वडा पालिका हो । अझ भन्नु पर्दा राज्यबाट प्रदान गरिने सेवाहरु जनताले प्रत्यक्ष रुपमा राज्यको पहुँचमा पुग्ने निकाय वडा पालिका हो । नेपालमा हाल ६ हाजर ६ यस ८० वडा पालिकाहरु रहेका छन् । सुदुरपश्चिमबाट गणना गर्ने हो भने दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर एक छाङरु एक नम्बरमा पर्दछ ।

नागरिकलाई वडा पालिकाले राज्यबाट प्रदान गरिने ३७ प्रकारका अधिकारहरु दिने नेपालको संविधानले अधिकार प्राप्त गरेको छ । तर सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाको वडा नम्बर एक यस्तो वडा हो जहाँ सम्म जान नेपालसँग आफ्नो बाटो छैन् । 
दार्चुला जिल्ला दुई छिमेकी राष्ट्र चीन र भारतसँग सीमाना जोडिएको हिमाली जिल्ला हो । दार्चुला जिल्लाको पनि दुई देशसँग सिमाना जोडिएको वडा व्याँस गाउँपालिकाको वडा नम्बर एक हो । पछिल्लो समय नेपालले जारी गरेको नयाँ राजनीतिक चुच्चे नक्सामा समेटीएको भू–भाग लिपुलेक लिम्पीयाधुरा र कालापानी सहितको भूमि पनि व्यास गाउँपालिका वडा नम्बर एकमै पर्दछ । 
अल्प संख्यक सौका समुदायको मात्रै बसोबास रहेको 
व्याँस गाउँपालिकाको वडा नम्बर एकमा दुईवटा मात्रै मानव बस्ती रहेका छन् छाङरु र तिङ्कर गाउँ । यहाँ अल्पसंख्यक र दार्चुला जिल्लामा मात्रै बसोबास गर्ने व्याँसी सौका समुदायको बसोबास छ । नेपालको जनगणना २०७८ अनुसार दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ को जनसंख्या २सय ३७ जना रहेको छ । 
अस्थायी बसोबास
दार्चुला जिल्लाको वडा नम्बर एक छाङरु र तिङ्करमा बसोबास गर्ने सौका समुदाय छ महिना व्याँस र छ महिना दार्चुला जिल्ला सदरमुकाम खलंगामा बसोबास गर्ने गर्दछन् । सकौ समुदायको भाषामा यसरी बसाई सराई गर्ने प्रक्रियालाई ‘कुञ्चा’  सर्ने भनिन्छ । बैशाख देखि असोज कार्तिक सम्मब्याँस र कार्तिक मंसिर देखि चैत्र बैशाख सम्म गाईबस्तु, भाँडाकुडा, लत्ताकपडा लगायत बन्दोबस्तीका समाग्रीहरु सहित सौका समुदाय कुञ्चा सर्ने गर्दछन् । जब कुञ्चा सर्नु पर्दछ तब बाटोघाँटोको विषयले महत्व पाउँछ ।

बर्षेनी बाटो बन्छ तर दिगो हुदैन
उसो त ब्याँस गाउँपालिका वडा नम्बर एक छाङरु र तिङ्कर सम्मजोड्ने बाटोघाँटो नबनेको भने होइन । पञ्चायतकाल देखि बर्षेनी रुपमा विभिन्न निकाय, संस्था र स्थानीयको पहलमै पनि घोरेटो बाटो बन्दै आएको छ । तर ब्याँसमा स्थायी बसोबास नहुँदा बाटोघाँटो पनि जिर्ण हुने भत्कीने गरेको हुन्छ । हालब्याँस गाउँपालिका वडा नम्बर २ को माथील्लो दुम्लीङ सम्म बाह्रै महिना हिडडुल गर्न सकिन्छ । त्यहाँ भन्दा माथि छाङरु सम्म झण्डै ३० किलोमिटरको क्षेत्रमा मानवको आवत जावत कम हुने भएकाले नेपाल तर्फको बाटो बर्षातका बेला महाकाली नदिको कटान र पहिरोका कारण ठाउँ–ठाउँमा भत्कीने गरेको छ ।

घोरेटो बाटोका लागि मात्रै करोडौ बजेट विनियोजन
पछिल्लो दुई बर्षको मात्रै तथ्याङ्क हेर्ने हो भने व्याँसको घोरेटो बाटो निर्माणका लागि करोडौं बजेट विनियोजन गरिएको छ । स्थानीय विकास पूर्वाधार कार्यक्रम (डोली) मार्फत आर्थिक २०७८÷७९ बाट ब्याँस घोरेटो बाटो निर्माणका लागि २ करोड ९१ लाख रुपैँयाको बजेट विनियोजन गरी टेण्डर मार्फत बाटो निर्माणको काम सुरु गरिएको थियो । अघिल्लो आर्थिक बर्षमा एक करोड पचास लाख र गत आर्थिक बर्षमा १ करोड ४१ लाख बजेट घोरेटो बाटो निर्माणका लागि खर्च गरिएको छ । त्यस बाहेक नेपाल सरकारको विषेश संघिय अनुदान मार्फत व्याँस गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९÷८० मा ३ करोड बजेटको घोरेटो बाटो निर्माणका लागि टेण्डर आह्वान गरी अप्ठेरो ठाउँमा बाटो निर्माण गरेमको छ । 
बजेट खर्च गरी घोरेटो बाटो निर्माण गरिएपनि भौगोलीक विकटता, चट्टानी भू–भाग र महाकाली किनारै किनार बाटो निर्माण गर्नु पर्ने भएकाले विभिन्न दुम्लीङ भन्दा माथिल्लो क्षेत्र कल्जु खोला, तम्बाकु, घाँटीबगर क्षेत्रमा महाकाली नदिको बढीले कटान गर्ने र भारत तर्फ सडक निर्माणमा प्रयोग गरिने विष्फोटक पदार्थका कारण नेपाल तर्फको बाटोमा बर्षेनी क्षती हुने गरेको छ । नेपाल तर्फ बर्षेनी घोरेटो बाटो निर्माण भइरहेको भएपनि त्यहि बाटोको हाराहारीमा भारत तर्फ दुई लेनको सडक निर्माणको काम पछिल्लो एक दशक देखि चलिरहेको छ । भारतले त्रीदेशीय सिमाना लिपुलेक सम्म सडकको ट्रयाक खोली सकेको छ भने सडकलाई दुईलेनमा विस्तार गरिरहेको छ । सडक विस्तारका क्रममा प्रयोग गरिने विष्फोटक पदार्थका कारण बेला–बेला पहिरो गई नदि थुनिने र नेपालतर्फ पनि क्षती हुने गरेको छ । यस बाहेक बर्षातमा नेपाल तर्फका विभिन्न खोलानालाहरुमा बाढी पहिरो जानु र महाकाली नदिले कटान गरेर बाटो अबरुद्ध हुनुले बर्षेनी नेपालतर्फको घोरेटो बाटो विग्रीने गरेको छ ।
 नेपाल सरकारको व्याँस विकास एकीकृत कार्ययोजना अलपत्र
२०७७ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा सहितको टोली दार्चुला जिल्लाको छाङरुमा एक रातबास बस्यो । दार्चुला जिल्लाको छाङरुमा शसस्त्र प्रहरीको गुल्म स्थापना गर्न दार्चुला पुगेको गृहमन्त्री सहितको टोलीले मन्त्रालय फर्के पछि दार्चुला जिल्लाको ब्याँस गाउँपालिकाको समग्र विकास तथा सेवा प्रवाहमा सुधार सम्बन्धी एकीकृत कार्ययोजना २०७७ जारी ग¥यो । त्यस कार्य योजनामा विभिन्न १० वटा कार्ययोजनाहरु राखिएको थियो । तर त्यस मध्येबाट घोरेटो बाटो सञ्चार क्षेत्र बाहेक खासै काम हुन सकेन । बाँकी रहेकाकार्य योजनाहरु हाल अलपत्र अवस्थामा छन् ।