दुर्गा भवानी मन्दिरको निर्माण कार्य सम्पन्न

५ महिना अघि

२0८0 चैत्र ३0 शुक्रबार

दुर्गा भवानी मन्दिरको निर्माण कार्य सम्पन्न

दार्चुलाको मार्मा गाउँपालिकामा वडा नंम्बर १ घोल्जरमा रहेको दुर्गा भवानी मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । चैतको पहिलो हप्ता देखि मन्दिरको निर्माण कार्य सुरु भएको र चैतको अन्तिम साता सम्पन्न भएको स्थानिय हरि कृष्ण ठगुन्नाले बताउनु भयो । यस्तै नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते दुर्गा भवानी मन्दिरमा विशु जात्रा लाग्ने जनाएको छ । विशु जात्रामा विभिन्न ठाउँबाट आउने बाजाहरुको परापुर्वकालिन तरिकाले स्वागत आ‍ आफनो ठाउँअनुसार पुरानो संस्कृति झल्काउने उत्कृष्ट पँञ्चेबाजा टिमलाई पुरस्कृत गरिने माता दुर्गा भवानीले विजय प्राप्त गरेका उत्सवको नारा, पुरानो चालचलन अनुसार सई,सई गाईने , ढुस्को , झोडो गाईने ,पुरानो संस्कृति प्रस्तुति छलिया टिमलाई पुरस्कृत गरिने जनाएको छ । विशु जात्रामा असहज वातावरण सिर्जना गर्ने जोकोहलाई पनि विशु व्यवस्थापन समितिको प्रस्ताव नं ५ प्रचलित नेपाल सरकारको कानुन , स्थानिय सरकार व्यवस्था अनुसार आवश्यक कारबाही गरिने जनाएको छ ।