दार्चुलासहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो

५ महिना अघि

२0८0 चैत्र २९ बिहीबार

दार्चुलासहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो

दार्चुला  सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलाको चटारो छ । चैत महिनामा माइती पक्षले विवाहित छोरी बैनीहरुलाई भेट्ने चलन रहेकाले भिटौला जानेहरुको चटारो बढेको हो ।

चैत महिनामा छोरीबैनीहरुलाई भेट्ने प्रचलन अनुसार चैतको अन्तिम सातातिर भेटघाट गर्नेहरु बढेका स्थानीय हरक काकीैले बताउनु भयो । भिटौला जाने चलन अनुसार छोरीबहिनीहरुको घरमा गएर भेटघाट गर्नेहरु बढेका उनले बताए । चैत महिना लागे संगै शुरु भएको  भिटौलोको  अहिले चटारो बढेको उनको  भनाई  छ ।   माइती पक्षको नियास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको उनले  बताउनु भयो    ।