दार्चुलाका किसानले विद्यालयमा बेचे करोड बढीको तरकारी 

५ महिना अघि

२0८0 चैत्र २७ मंगलवार

दार्चुलाका किसानले विद्यालयमा बेचे करोड बढीको तरकारी 

फाेटोः प्रगति बाबु पनेरु



एक शैक्षिक शत्रमा विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका कृषकहरुले विद्यालयमा एक करोड भन्दा बढीको तरकारी विक्रि गरेका छन् । विश्व खाद्य कार्यक्रम अन्तरगत सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रममा मर्सिकोरको प्राविधिक सहयोग तथा सप्रोस नेपालकाे सहजीकरणमा कृषक समुहले उत्पादन गरेकाे स्थानीय उत्पादन सहकारी संस्थाहरु मार्फत आपुर्ति गरिन लागेकाे हो । अगस्त २०२२ देखि दार्चुला जिल्लामा होम ग्रोन स्कुल मिल प्रोग्राम (एच जि एस एम पी) कार्यक्रम सञ्चालन भएपछि सप्रोस नेपालले विद्यालय खाजामा तरकारीमा सहयोग गरेको हो । २०८० बैशाख देखि चैत्र सम्मको तथ्याङ्क हेर्दा कार्यक्रम लागु भएका ३ सय ३६ विद्यालयका २१ हजार ७ सय ४८ विद्यार्थीका लागि १ सय ५६  दशमलब ५८ मेट्रीक टन तरकारी खरिद विक्रि भएको सप्रोस नेपाल दार्चुलाका कार्यक्रम संयोजक कृष्ण सिह ठगुन्नाले जानकारी दिनुभयो । 
जस अन्तरगत सबभन्दा बढी जिल्लाको शैल्यशिखर नगरपालिकामा २२ लाख ८६ हजार ९ सय रुपँैयाको तरकारी खरिदविक्री गरिएको छ । त्यस्तै महाकाली नगरपालिकामा १५ लाख ६१ हजार ६ सय ८० रुपैँया, अपीहिमाल गाउँपालिकामा ६ लाख ४८ हजार ५ सय ४० रुपैँया, मार्मा गाउँपालिकामा १६ लाख २३ हजार ७ सय ८० रुपँैया, लेकम गाउँपालिकामा ११ लाख ४१ हजार ५ सय ६० रुपैँया, नौगाड गाउँपालिकामा १७ लाख ८१ हजार ४ सय ६० रुपँैया, मालिकार्जुन गाउँपालिकामा ११ लाख ९ हजार ७ सय रुपँैया, दुहुँ गाउँपालिकामा ७ लाख ६४ हजार १ सय रुपैँया, तथा व्याँस गाउँपालिकामा ८ लाख २६ हजार २ सय रुपैँयाको तरकारी खरिद गरिएको कार्यक्रम संयोजक ठगुन्नाले बताउनु भयो । 


उक्त तरकारी स्थानीय कृषक समुहले उत्पादन गरेको हो भने १ करोड १७ लाख ४३ हजार ९ सय २० रुपैँयाको तरकारी खरिद गरिएको हो । दिवा खाजामा कार्बोहाड्रेट, प्रोटिन, भिटामिन तथा खनिज पदार्थको मिश्रण गरिएको हुन्छ । विद्यालयमा जाने बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउनुका साथै पोषणको परिपुरक तत्वका रुपमा रहेको दिवा खाजा कार्यक्रम कक्षा नर्सरी देखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकाहरुले खान्छन् । प्रति विद्यार्थीलाई प्रतिदिन ८० ग्राम चामल, २० ग्राम दाल,१० ग्राम तेल, २ ग्राम नुन, ४० ग्राम तरकारी गरी १ सय ५२ ग्रामको मात्रामा दिवा खाजा  वितरण गरिदै आएको छ ।