विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी सरोकारवालासँग परामर्श बैठक

५ महिना अघि

२0८0 चैत्र २६ सोमबार

विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी सरोकारवालासँग परामर्श बैठक

विद्यालय दिवा खाजा कार्यक्रम तथा आपूर्ति श्रृंखला सम्बन्धी दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका सरोकारवालाहरुसँग परामर्श बैठक गरिएको छ । आईतबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा दार्चुला जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा शाखा प्रमुख तथा सरोकारवालाहरुको सहभागितामा परामर्श बैठक गरिएको हो । 
विश्व खाद्य कार्यक्रमको आयोजना रहेको उक्त कार्यक्रममा विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत खाद्यान्न गोदाम व्यवस्थापन रेखदेख, ढुवानी, कर्मचारी व्यवस्थापन परिचालनका बारेमा छलफल गरिएको छ । साथै दिवा खाजा कार्यक्रमलाई स्थानीय तहको नीति कार्यक्रम भित्र समेट्ने र दिवा खाजा कार्यक्रमलाई एकिकृत रुपमा अनुगमन गर्ने लगायतका विषयमा छलफल गरिएको सप्रोस नेपाल दार्चुलाका कार्यक्रम संयोजक कृष्ण सिह ठगुन्नाले जानकारी दिनुभयो ।