दार्चुलामा शनिबार विधुत लाईन  बन्द हुने

५ महिना अघि

२0८0 चैत्र २३ शुक्रबार

दार्चुलामा शनिबार विधुत लाईन  बन्द हुने

दार्चुलामा शनिबार विधुत लाईन  बन्द हुने भएको छ । शनिबारका दिन चमेलिया सबस्टेशन बाट थालिगाड सबस्टेशनमा आपुर्ति हुने विधुत सेवा शैल्यशिखर गोकुलेश्वर देखि शैल्यशिखर ५ बगौरा र ओखडानी सम्म ३३ के.भि लाईनको नजिकै र अन्य स्थानमा समेत ११ के भि लाईनको नजिक रहेका रुखका हांगा काट्ने हुदा विधुत प्राधिकरण दार्चुलाले  ७ घण्टा विधुत लाईन बन्दा हुने  जनाएको छ । 
थालिगाड सबस्टेशन बाट आपुर्ति भएको विधुत सेवा महाकाली नगरपालिका ,ब्यास गाउपालिका, दुहुँ गाउपालिका, मालिकार्जुन गाउपालिका, र लेकम गाउपालिकामा विधुत सेवा शनिबार बन्द हुने विधुत प्राधिकरण दार्चुलाले जनाएको छ ।