सावारी साधन दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ३ पुग्याे

५ महिना अघि

२0८0 चैत्र २२ बिहीबार

सावारी साधन दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ३ पुग्याे

दार्चुलामा चालु आर्थिक वर्ष साउन देखि साना ठुला सावारी साधन गरि जम्मा सात वटा सावारी साधन दुर्घटनामा परेका छन । दुर्घटनामा  परि ज्यान गुमाउनेको संख्या ३  रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी साहयक निरिक्षक मदन बाहादुर ऐरीले  बताउनु भयो । 


साउन एक गते देखि चैत सम्मको तथ्यांक  हेर्दा ठुला सवारी साधनमा  ट्याक्टर,२ वटा , जिप ३ वटा ,ट्रक १ र बस १ गरि जम्मा ७ वटा सावारी साधन दुर्घटना भएको प्रहरी साहयक निरिक्षक मदन बाहादुर ऐरीले बताउनु भयो । 
चालु आर्थिक वर्षमा सवारी साधनमा परि मृत्यु हुनेको संख्या ३ र सवारी साधन दुर्घटनामा परि घाईते हुनेको संख्या २४ रहेको छ । दुर्घटनाको कारण भने चालकको लापरवाही सवारी साधन तिब्र गतिमा  हुनाले  सवारी साधन दुर्घटनामा पर्ने गरेको जिल्ला प्रहरी  कार्यालयका प्रहरी साहयक निरिक्षक मदन बाहादुर ऐरीले बताउनु भयो ।


सवारी साधन नियन्त्रणमा  ट्राफिक प्रहरीले चालक संग सम्झई बुझई  एक मिनेटको कार्यक्रम गरि रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।