ट्याक्टर बाट खसेर एक जनाको मृत्यु

५ महिना अघि

२0८0 चैत्र २२ बिहीबार

ट्याक्टर बाट खसेर एक जनाको मृत्यु


दार्चुलामा ट्याक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ  ।

जिल्लाको महाकाली नगरपालिका ३ गराखु मानाकोट स्थित मुला बगरबाट बाँज तर्फ आँउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००२ त १५९२ नम्बरको ट्याक्टरमा सवार महाकाली नगरपालिका वडा नम्बर ३ मानाकोट बस्ने अन्दाजी ४० वर्षीय हरकसिंह नगालको बुधबार राति ट्याक्टर बाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।