भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।
प्रतियोगितामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।
टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।