रक्तश्राब बढी हुँदा सुत्केरी महिलाको हवाई उद्धार

५ महिना अघि

२0८0 चैत्र १८ आईतवार

रक्तश्राब बढी हुँदा सुत्केरी महिलाको हवाई उद्धार

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीवाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । मकन्ना बस्ने ३६ वर्षीया हरिना देवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत थप उपचारको लागी सुर्खेत लगिएको हाे ।

शनिवारदेखि सुत्केरी व्यथा लागेर लाली स्वास्थ्य चौकीमा भर्ना भएकी जोशीलाई उच्च रक्तस्रावको समस्या देखिएपछि थप उपचारका लागि आज बिहान साढे ९ बजेतिर हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जानकारी दिए । उनलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।