मार्मा गाउँपालिका वडा नंम्बर १ घाेल्जरमा रहेको दुर्गा भवानी मन्दिरको निर्माण कार्य हुदै

५ महिना अघि

२0८0 चैत्र १७ शनिबार

मार्मा गाउँपालिका वडा नंम्बर १ घाेल्जरमा रहेको दुर्गा भवानी मन्दिरको निर्माण कार्य हुदै

दार्चुलाको मार्मा गाउँपालिका वडा नंम्बर १ घाेल्जरमा रहेको दुर्गा भवानी मन्दिरको निर्माणकार्य भैरहेको छ ।मन्दिर निर्माणको क्रर्ममा आज मार्मा गाउँपालिका घोल्जरका युवाहरुले दुर्गा भवानी मन्दिरलाई ८९ केजी चामल दान गरेको छ । चामल दान गर्नमा महिला १० जना र पुरुष १६ जना रहेको  स्थानिय  हरि कृष्ण सिंह ठगुन्नाले बताउनु भयो। 

शनिबार आज मार्मा गाउँपालिमा निर्माण भैरहेको दृर्गा भवानि मन्दिरमा वडा नम्बर १ घोल्जरका युवाहरुले चामल मन्दिर परिसरमै पुरयाएको दृष्टिकाेण दैनिकलाई बताउनु भयो ।

दुर्गा मन्दिर निर्माण समितिले मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माणमा व्यवस्थापनमा विशन सिंह खरियालले ताम्रपत्र दान गरेको  र  गाउँका स्थानियहरुले काठको सहयोग र मन्दिर निर्माणमा ठुंगा देखि लिएर मन्दिर निर्माणमा गाउँलेहरुले श्रमदान गरेको  बताउनु भयो ।  अहिले मन्दिर निर्माणमा गाउँका स्थानियको सहयोगमा मन्दिर निर्माण भैरहेको छ ।