त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुल्याे

५ महिना अघि

२0८0 चैत्र १७ शनिबार

त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुल्याे

चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी  त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ । मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । उनीहरु सबै गोरखा घर भएका र ४ जना एकैपरिवारका रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।

भने ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ ।

बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको जनाइएको छ।