त्रिशूली नदीमा टयाक्सी खस्दा पाँचजनाको मृत्यु

५ महिना अघि

२0८0 चैत्र १७ शनिबार

त्रिशूली नदीमा टयाक्सी खस्दा पाँचजनाको मृत्यु

त्रिशूली नदीमा टयाक्सी खस्दा पाँचजनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ९५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक शनिबार बिहान सवा ७ बजे काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। उनीहरूको परिचय खुलेको छैन।