दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

५ महिना अघि

२0८0 चैत्र १६ शुक्रबार

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटमा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । वडाको कामकाजका लागि विहिबार पालिका आएका ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

जानकारी आजमात्रै प्राप्त भएको भएपनि घटना हिजो बेलुकीतिरको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षक डम्मरदत्त भट्टको कमान्डमा टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।