सिगासका दुई बालक बेपत्ता

५ महिना अघि

२0८0 चैत्र १६ शुक्रबार

सिगासका दुई बालक बेपत्ता

बतडीको सिगास गाउँपालिका–४ का दुई जना बालक बेपत्ता भएका छन् । यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी बेपत्ता भएका हुन् । गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका र अहिलेसम्म सम्पर्कमा नआएको आफन्त योगेन्द्र सिंह धामीले बताउनु भयो ।

बालकहरु फेला नपरेपछि हुलिया कटाएर सबै ठाउँमा जानकारी गराइएको गाँजरी प्रहरी चौकीका इन्चार्ज भोज बहादुर पालले बताउनु भयो  । प्रहरीका अनुसार बेपत्ता भएका हरिश र गणेशका बुवाको पहिले नै मृत्यु भइसकेको र आमाले समेत घर छोडेर गएपछि हजुरवुवासँगै बस्दै आएका थिए ।