आगोले जलेर एक महिलाको मृत्यु

५ महिना अघि

२0८0 चैत्र १६ शुक्रबार

आगोले जलेर एक महिलाको मृत्यु

डोटीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । बिहिवार अपराह्न करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर घाइते हुनुभएकी जिल्लाको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा निसर्ग अस्पतालले आज बिहान १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले बताउनु भयाे  ।