कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव फेला

५ महिना अघि

२0८0 चैत्र १५ बिहीबार

कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव फेला

कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको जानकारी प्राप्त भएको छ । होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल माथि बाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए ।

उनको शव खोजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरीसेना, र स्थानीय लागेका थिए । उनको शव तीन दिन पछि टिकापुर स्थित सनकट्टि घाट नजिकै फेला परेको टिकापुर प्रहरीले जनाएको छ । सनकट्टि घाटमा लास भेटिएको खबर आएको छ प्रहरी जाँदै छ इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताउनु भयाे ।