सुदूरपश्चिममा नागरिक उन्मुक्तिका २ मन्त्रीले पदभार ग्रहण गर्दै

५ महिना अघि

२0८0 चैत्र १५ बिहीबार

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका २ मन्त्रीले पदभार ग्रहण गर्दै

सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीका बिना विभागीय मन्त्रीहरूले पदभार ग्रहण गर्ने भएका छन् । 

मुख्यमन्त्री कमलबहादुर शाहको निजी सचिवालयका अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूले मन्त्रीको पदभार ग्रहण गर्ने भएका छन्। खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र लक्ष्मण किशोरले सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गर्दैछन्।