नौगाड गाउँपालिकामा ट्याक्टर दुर्घटना

५ महिना अघि

२0८0 चैत्र १४ बुधबार

नौगाड गाउँपालिकामा ट्याक्टर दुर्घटना

नौगाड गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । नौगाड गाउँपालिका–४ धौलाढुगामा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
गोकुलेश्वरबाट नौगाड गाउँपालिकाको भित्रि सडक खण्डमा गोकुलेश्वरबाट सिमेन्ट बोकेर सिप्टी जादै गरेको सुपप्र ०१–००२ त ६०४८ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।


ट्याक्टर सडकबाट अन्दाजी ५÷६ सय मिटर तल खसेको सूचना अधिकारी सिंहले बताए । ट्याक्टर चालक बैतडी डिलाशैनी गाउँपालिका–२ गन्नाका २० वर्षीय नरेन्द्र राना रहेकाछ छन् ।