लक्ष्मी पुजा दार्चुलामा पनि धुमधाम संग मनाइदैँ 

५ बर्ष अघि

२0७५ कार्तिक २१ बुधबार

लक्ष्मी पुजा दार्चुलामा पनि धुमधाम संग मनाइदैँ 


दृष्टिकोण समाचार कार्तिक २१, दार्चुला । देशभरी लक्ष्मीपुजा गर्ने प्रचलन संगै दार्चुला जिल्लामा पनि लक्ष्मी पुजा धुमधामका साथ मनाइदैँैँ छ । दशैँ पछिको हिन्दुहरुको दोस्रो महान् चाड तिहारको आज तेस्रो दिन धनकी देवी लक्ष्मीको पुजा गरी मनाइदैँ छ । 
लक्ष्मी पुजा कार्तिक कृष्ण औँसीको दिन पर्छ । आज बेलुकी सम्पन्नताकी देवी लक्ष्मीमाताको पुजा गरी लक्ष्मीपुजा मनाइन्छ । बिहानै स्नान गरी आफ्नो घर आँगन लिपपोत तथा सफा गर्ने गरीन्छ  । आज बिहानै गाईको पुजागरी फुलमाला लगाउने प्रचलन रहेकाले लक्ष्मी पुजाको  दिनलाई गाई तिहार पनि भनिन्छ । आज घरमा लक्ष्मी भित्रयाउनका लागि चामलको पीठो र रोतो अबीरले  लिपपोत तथा सफा  गरेको घर भित्र र झयालढोकामा टीका लगाउनुका साथै लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । झयालढोकामा फुलमाला तथा शुभ दीपावली लेखेको व्यानर (कार्ड)  लगाइन्छ । 
आज बेलुकी पुजा कोठामा दियो, कलश बनाई सम्पन्नताकी देवीको मुर्ति तथा फोटोमा आफुसंग भएको सम्पती गरगहना, पैसा, अन्न, फलफुल, फुलमाला चढाई विधिपूर्वक लक्ष्मीको पुजा  गरिन्छ । लक्ष्मीको पुजा गरीसकेपछि कन्या दक्षीणा दिने गरीन्छ ।