परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त

५ महिना अघि

२0८0 चैत्र १३ मंगलवार

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त हुनुहुन्छ । बेइजिङ पुगेलगत्तै उहाँले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गर्नुभयो ।

भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स सिपिपिसिसी का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।