एक किशोरी मृत फेला

५ महिना अघि

२0८0 चैत्र ११ आईतवार

एक किशोरी मृत फेला

बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेकी हुन् । शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।