करेन्ट लागेर एक महिला गम्भिर घाइते

५ महिना अघि

२0८0 चैत्र ९ शुक्रबार

करेन्ट लागेर एक महिला गम्भिर घाइते

दार्चुलामा करेन्ट लागेर एक महिला गम्भिर घाइते हुनु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट  लागेर गम्भिर घाइते भएकी छन् ।
शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट लागेको थियो । आफन्त समेत रहनु भएका रोशन तितराका अनुसार विद्युत वितरण केन्द्रको लापरवाहीका कारण करेन्ट लागेको बताउनु भयो ।

माछेले छोइने तरिकाले विद्युत लाईन विस्तार गरिएको उहाँले बताउनुभयो । घाइते तितराको शरीरको विभिन्न ठाउँ जलेको छ । उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको आफन्त रोशन तितराले जानकारी दिनु भएको छ।