दार्चुलाको नौगाडमा साढे आठ मेगावट विद्युत निकाल्ने तयारी

५ महिना अघि

२0८0 चैत्र ९ शुक्रबार

दार्चुलाको नौगाडमा साढे आठ मेगावट विद्युत निकाल्ने तयारी

दार्चुलाको नौगाडमा साढे आठ मेगावट विद्युत निकाल्ने तयारी थालिएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले नौगाड गाउँपालिका वडा नम्बर ५ भएर बग्ने नौगाड खोलामा ८।८ मेगावट विद्युत निकाल्ने तयारी थालिएको हो ।
नौगाड गाउँपालिकाको स्वीच्यार्डदेखि शैल्यशिखर नगरपालिका–२ हुँदै वडा नम्बर १ बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको स्वस्टेशनमा विद्युत पु¥याउने गरी तयारी थालिएको छ । विद्युत निकाल्ने तयारी स्वरुप नौगाड गाउँपालिकामा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिएको छ । वातावरणीय अध्ययन प्रतिवेदनअनुसार स्थानीयको राय सुझावलिन सार्वजनिक सुनुवाई गरिएको वातावरण इन्जिनियर करनसिह ऐरीले जानकारी दिए ।
सार्वजनिक सुनवाई कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायत, नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिह धामी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
आगामी आर्थिक वर्षबाट विद्युतको कार्य अगाडि बढाउने गरी तयारी थालिएको छ । नौगाडदेखि बलाँचसम्म झण्डै १५ किलोमिटर दुरी प्रसारण लाइनहुने छ ।