तिहारमा महोत्सब नलाग्ने 

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

तिहारमा महोत्सब नलाग्ने 

सुलोचना महता, कार्तिक २० दार्चुला । दार्चुला जिल्ला सदमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले यस पटक तिहारमा महोत्वसब आयोजना गरेन । महाकाली नगरपालिकाले तिहारको उपलक्ष्यमा महोत्वसव आयोजना गर्ने बताएपनि व्यापारीहरुले खासै चाँसो नदेखाएकाले तिहारमा लाग्ने भनिएको महोत्वस गर्न नसकीएको नगरप्रमुख हसंराज भट्टले बताएका छन् । नेपाली बजार प्रबद्र्धन गर्ने र व्यापार बढाउने उद्देश्यले नगरपालिकाले तिहारमा महोत्वसब लगाउने तयारी गरेर एक चरणमा व्यापारीहरुसँग छलफल समेत गरेको थियो । हरेक सिजनमा नेपालीहरु भारतीय बजारमै गएर समान किन्न बाध्य हुने स्थितिको अन्त्य गर्न नगरपालिकाले नेपाली बजारमै ग्राहकहरुलाई सामान दिने गरी व्यापारिक तथा रमाइलो मेला आयोजना गर्न लागेको हो ।
यो विषयमा व्यापारी तथा नगरपालिकासँग एकसरो छलफल पनि भएको  थियो । तर  छोटो समयमा व्यापारीहरुले पनि तयारी गर्न नसकेका कारण यो स्थिति आएको दार्चुला उद्योग बाणिज्यसंघका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघले पनि आगामी माघ २५ गते देखि फागुन २ गते सम्म दार्चुला  महोत्वस आयोजना गर्न लागेको छ । जिल्लाका सबै स्थानीय तहहरुसँग समन्वय गरी जिल्लामा उत्पादित सामाग्रीहरुको प्रबद्र्धनमा महोत्वसवले ठुलो भूमिका खेल्ने अध्यक्ष ठगुन्नाको भनाई छ ।