दार्चुला सांस्कृतिक तथा व्यापार महोत्सव २०८० उद्घाटन

६ महिना अघि

२0८0 चैत्र २ शुक्रबार

दार्चुला सांस्कृतिक तथा व्यापार महोत्सव २०८० उद्घाटन

दार्चुला सांस्कृतिक तथा व्यापार महोत्सव २०८० उद्घाटन भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर मैदानमा उद्घाटन भएको महोत्सव आज चैत २ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

फेबरेट मिडिया प्रा।लि। ले आयोजना गरेको महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने अध्यक्ष कृष्णसिंह धामीले जानकारी दिनुभयो । भोली चैत ३ गते लोकप्रिय हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली, राष्ट्रिय कलाकार मनोजसिंह धामीका साथै स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने उहाँले बताउनुभयो ।

महोत्सव उद्घाटन समारोहमा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्टको प्रमुख आतिथ्यता तथा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी र दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको बिशिस्ट आतिथ्यता रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापा, विभिन्न क्षेत्रका प्रमुख एबं प्रतिनिधिहरूको आतिथ्यता रहेको कार्यक्रममा स्थानीय मौलिक संस्कृतिमा आधारित झाँकीहरू प्रस्तुत गरिएको थियोे ।