बैतडीमा स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु

६ महिना अघि

२0८0 चैत्र २ शुक्रबार

बैतडीमा स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु

बैतडीमा लडेर एक महिलाको  मृत्यु  भएको  छ ।  जिल्लाको  सिगास गाउँपालिका  वडा नं  ४ गढतोला शैनीकी ४६ वर्षिया हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

बिहीवार घर नजिकैको खरबारीमा  बाख्राका लागि स्याउला काट्ने  क्रममा बोहरा रुखबाट लडेर गम्भीर  घाइते भएकी थिइन् ।

घाइते बोहरालाई  उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सिगास गाउँपालिका वडा नं  ४ का  वडा अध्यक्ष हरि सिंह बोहराले  बताए । मृत्युवरण गरेकी बोहराको घरमा श्रीमान र तीन छोरा रहेका बताइएको  छ।