दार्चुलाको नौगाड गाउँपालिका वडा नं ५ भिड  बस्ने, पुतली धामीको उपचारमा समस्या ,सहयोगको अपिल

६ महिना अघि

२0८0 फाल्गुन ३0 बुधबार

दार्चुलाको नौगाड गाउँपालिका वडा नं ५ भिड  बस्ने, पुतली धामीको उपचारमा समस्या ,सहयोगको अपिल

दार्चुलाको नौगाड गाउँपालिका वडा नं ५ भिड  बस्ने  देव सिंह धामीकी पत्नी , पुतली धामीको उपचारमा समस्या भएको छ । घाँस दाउरा गर्ने क्रममा भदौ १२ गतेका दिन जंगलको माथिबाट ढुङगा खस्दा शरिरका विभिन्न अंगहरु मेरुदण्ड पेट छातिमा चोट  दुवै खुटा भाचिएको र शरिरका अन्य समवेदनशिल अंगमा समेत चोटपटक लागि अंगभंग भएकाले विभिन्न अस्पतालमा पुरयादा पनि निको नभएको बताईएको छ । 


मंगलबार,गणेश विनायक मा वि सिप्टी मा, शिक्षक विध्यार्थीहरुबाट आर्थिक पैशा  संकलन गरिे उपचारको लागि विध्यालयमै कविता धामीलाई  रु ६२०० हस्तान्तरण गरिएको विध्यालयका शिक्षक विरेन्द्र सिंह ठगुन्नाले बताउनु भयो  । उपचारको लागि धेरै खर्च लाग्ने भए पछि कविता विध्यालय नआउने  पठाई छोडेर चन्दा माग्न जानु पर्ने बाध्यता रहेको कविताले बताउनु भयो । 


उपचार गर्दा समेत निको नभएकाले हाल थप उपचार गर्न  राष्ट्रिय ट्रमा सेन्टर  माहाकाल काठमान्डौको अस्पतालमा  मेरुदण्ड पक्षघातको उपचार भएकाले निजको घरको आर्थिक अवस्था कमजोर तथा  अत्यन्त नाजुक अवस्था भएका कारण उपचारको लागि खर्च जुटाउन नसकिने भएकाले आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । 

सहयाेगकाे लागी गाेलाेबल बै‌कमा रहेकाे विरेन्द्र सि‌ह ठगुन्नाकाे खाता नम्बर १९००७०१०००५३२५  मा सहयाेग गर्न सकिने छ ।