मालिकार्जुन गाउँपालिकामा श्रमको सम्मान ,राष्ट्रको अभियान” भन्ने मुल नारा सहित, अभिमूखिकरण कार्यक्रम सम्पन्न

६ महिना अघि

२0८0 फाल्गुन २९ मंगलवार

मालिकार्जुन गाउँपालिकामा श्रमको सम्मान ,राष्ट्रको अभियान” भन्ने मुल नारा सहित, अभिमूखिकरण कार्यक्रम सम्पन्न

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा श्रमको सम्मान , ,राष्ट्रको अभियान” भन्ने मुल नारा सहित, अभिमूखिकरण कार्यक्रम सम्पन्न  गरेको छ ।

प्रत्येक कामको सम्मान गर्न मालिकार्जुन गाँउपालिका रोजगार सेवा केन्द्र अन्तर्गत सञ्चालित युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाका शसर्त बजेट अन्तर्गत न्युनतम रोजगारी नागरिकको अधिकार सुनिश्चित गर्न गाउँपालिका क्षेत्र भित्रका ग्रामीण सडकहरुमा दुर्घटनाको सम्भावना घटाई ,नियमित यातायात सेवा सुचारु राख्न तथा सडक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले “ग्रामिण सडक मर्मत(सम्भार कर्ता” छनौट गरेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका रोजगार सेवा केन्द्र ले १ दिने कार्यसम्पादन  अभिमुखिकरण कार्यक्रम सम्पन्न गरि गाउँपालिका क्षेत्र भित्रका सबै ग्रामीण परिचालन गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।