५० वर्षीया जानकी बिष्टको उपचारमा समस्या,सहयोगको अपिल

६ महिना अघि

२0८0 फाल्गुन २८ सोमबार

५० वर्षीया जानकी बिष्टको उपचारमा समस्या,सहयोगको अपिल

जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतडकी ५० वर्षीया जानकी बिष्टको उपचारमा समस्या भएको छ । खाना पकाउने क्रममा कपडाबाट आगो सल्कीदा गम्भिर घाईते भएकी बिष्टको गोकुलेश्वर अस्पतालमा उपचार सम्भब नभएपछि अन्यत्र लैजान अस्पतालले निर्देशन दिएको छ । । बिष्ट परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको हो ।

उपचारमा समस्या भएकाले आर्थिक सहयोग गरिदिन सबैलाई घाईते बिष्टका छोरा करन बिष्टले अपिल गरेका छन् ।उनले भने, ‘हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । थप उपचारका लागि आवश्यक आर्थिक सहयोग गरिदिन पनि परिवारले आग्रह गरेको छ ।

सहयोग गर्न चाहनेहरूले छोरा जगदीश विष्टको नाम रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकमा रहेको खाता नम्बर १३००५०८००२८९७ बाट गर्न सक्नेछन् । घाइते विष्टलाई गोकुलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको छ ।