तिहारमा दार्चुला बजार सुनसान, धारचुला बजार मालामाल

५ बर्ष अघि

२0७५ कार्तिक २0 मंगलवार

तिहारमा दार्चुला बजार सुनसान, धारचुला बजार मालामाल

दिपक सिह धामी, कार्तिक २० दार्चुला । नेपालीहरुको दोश्रो ठुलो पर्व तिहार सुरु भएसगैँ दार्चुला सदरमुकाम खलंगा स्थित दार्चुला बजार र भारतिय बजार धारचुलामा आकाश पत्तालको फरक छ । व्यापारिक दृष्टिकोणले दार्चुला बजारको तुलनामा भारतीय धारचुला बजारका मुख्य ग्राहक नेपालीहरु नै हुन् ।

ग्राहकलाई नेपालमै सामान उपलब्ध नहुनु, भएपनि महगो हुनु, र महंगै भएपनि भारतीय बजारमै जाने बानी परेका कारण भारतीय बजारमा भिडभाड हुने गरेको छ ।  यतीबेला भारतीय बजारमा तिहारको सामान किन्नेहरुको भिड लागेको छ भने नेपाली बजार सुनसान छ । तिहारको समयमा भारतीय बजार धारचुलाबाट दैनिक लाखौँ रुपैँयाको सामान आयात भईरहेको छोटी भन्सार कार्यालय दार्चुलाका नासु नरसिह बडालले बताउनु भयो । 


भारतबाट तिहारको समान आयात हुन नदिन दिपावली महोत्सब लगाउने तयारी गरेको भएपनि नेपालका व्यापारीहरुले तिहारमा आवश्यक पर्ने समानहरु उपलब्ध गराउन नसक्ने भएका कारण दिपावली महोत्सब नलगाएको महाकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पुस्कर राज जोशी ले बताउनु भएको छ । चाडपर्वको बेला मात्रै नभएर अरु बेला पनि नेपाली ग्राहककै कारण भारतीय बजार चलेको हुन्छ । नेपाली रुपैँयाको अबमूल्यन हुँदा पनि नेपालीहरु भारतीय बजारबाटै सामान किन्ने गरेका हुन्छन् ।