दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ

६ महिना अघि

२0८0 फाल्गुन २७ आईतवार

दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ

दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउपालिका (४ सिप्टीका ३६ बर्षीय शेरसिह धामी रहेका छन् ।उनलाई प्रहरीले मार्मा गाउँपालिका २ लटिनाथ बजार बाट दुई थान चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिए ।


प्रहरी निरीक्षक सिहका अनुसार उनी लटिनाथ बजारमा शंकास्पद रूपमा हिडिरहेका थिए । प्रहरीले खानतलासी गर्दा उनीबाट चितुवाको छाला फेला परेको हो । धामीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याईएकाे  छ।