नौगाड गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु

६ महिना अघि

२0८0 फाल्गुन २६ शनिबार

नौगाड गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घट्टेकसाडका बस्ने वर्ष ५३ का दलबहादुर धामीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।


प्रहरी निरीक्षक सिंहका अनुसार घट्टेकसाड बस्ने धामीको साही ठाउँमा रहेको घट्टेखोला भिरबाट लडेर घटनास्थलमै ज्यान गएको उहाँले बताए । हिजो शुक्रबार नौगाड गाउँपालिकाको सातौँ स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर मृत्यु भएकोे हुनसक्ने प्रहरीले आशंका गरेको छ ।


घटनास्थलमै ज्यान गुमाए धामी अबेर सम्म घर नर्फिएपछि घरपरिवारले खोजी गदैँ जादाँ शनिबार आज विहान घट्टेखोलामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । शवलाई पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।